निर्माण कामको जाँच र कारबाहीको माग गर्दै प्रदेश खेलकुदमा तालाबन्दी

नेपालगञ्ज । नेपालगञ्ज रंगशाला परिसरमा निर्माणधिन काम गुणस्तरहिन भएको बिषयमा ध्यानाकर्षण गराउँदा पनि काम नरोकिएपछि बाँके जिल्ला खेलकुद बिकास समितिले मध्यपश्चिमांचल खेलकुद बिकास समिति (प्रदेश खेलुकद परिषद लुम्बिनी) नेपालगञ्ज कार्यालयमा तालाबन्दी गरेको छ ।

रंगशालामा गुणस्तरहिन काम भइरहेको भन्दै समितिले राखेपको ध्यानाकर्षण गराएको थियो, तर सो बिषयमा कुनै चासो नदेखाएपछि कारबाहीको माग गर्दै बाँके समितिले अनिश्चितकालका लागि प्रदेशको नेपालगञ्ज कार्यालयमा तालाबन्दी गरेको हो ।

निर्माण कार्य रोक्ने चेतावनी दिएका जिल्ला खेलकुद बिकास समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहलाई राखेपका इन्जिनियर चिरन्जीवी लम्सालले अश्लील शब्दसहित उल्टै हप्काएपछि कारबाहीका लागि ध्यानाकर्षण गराएको थियो । तर, त्यसको कहिं कतै सुनुवाई नभएपछि आन्दोलन शुरु गर्नुपरेको बाँके अध्यक्ष शाहले जानकारी दिनुभयो ।रंगशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही भइरहेको समाचार प्रकाशमा आएपनि राखेपले सुनुवाई नगरेको गुनासो जिल्ला अध्यक्ष सन्दीपजंग शाहको छ ।

अपशब्द प्रयोग गर्ने इन्जिनियरलाई कारबाही नहुनजेलसम्म प्रदेश कार्यालयमा तालाबन्दी गर्ने साथै समितिले सेन्थेटिक ट्रयाक ठिक मापदण्ड अनुसार भए नभएको जाँच हुनुपर्ने, निमार्ण कम्पनीले काम भन्दा बढि भुक्तानी लिएको जानकारी आएकाले सो रकम के कसरी भुक्तानी भएको सो कुराको समितिलाई जानकारी गराउनुपर्ने माग राखिएको छ ।

राखेपको निगरानी विना ठेकेदारको मनपरिमा निर्माण कार्य भइरहेको छ । ११ करोड ६४ लाख ६४ हजार लागतमा ट्रयाक निर्माणको जिम्मा प्रतिक्षा निर्माण कम्पनीले लिएको छ ।

Previous articleबागेश्वरीमा साउने सोमबारको रौनक (तस्बिरमा)
Next articleनेपालगञ्ज जेसिजद्धारा होटेल म्यानेजमेन्ट सम्बन्धी दुई दिने तालिम प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here