वीपीको ४१ औं स्मृति दिवसमा बिबिध कार्यक्रम

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१ औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । नेपालगञ्ज वीपीचोकस्थित वीपीको शालिकमा आज विहान माल्यार्पण गरिएको हो ।

माल्यार्पण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडलेले वीपी विचार र मार्गदर्शनलाई कांग्रेसले आफ्नो पार्टी जीवनमा अबलम्बन गर्दै समुन्नत मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने बताउनुभयो ।

कांग्रेस एकजुट भए कसैले पनि कांग्रेसको बेगलाई रोक्न नसक्ने भन्दै गौडेलले पार्टीमा अभूतपूर्व एकतामा जोड दिनुभयो । उहाँले गाउँगाउँमा सांगठनिक अवस्था मजबुत बनाउनतर्फ लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।माल्यार्पण कार्यक्रमलाई पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले सम्बोधन गर्दै वीपी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेस जनका लागि मागदर्शन भएको बताउनुभयो ।

सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पार्टी पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा सुभेच्छुक संगठनका प्रमुख लगायत नेता कार्यकर्ता उपस्थित थिए । सचिव कोइरालाका अनुसार जिल्लाको परिपत्र अनुसार आज विभिन्न पालिकामा बृक्षारोपण लगायतका कार्यक्रमहरु भइरहेका छन् ।

Previous articleनरैनापुर गाँउपालिकाबाटै श्रम स्वीकृति शुरु
Next articleजुम्ला गुठीचौरका सात घरमा आगजनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here