योग प्रशिक्षक चौथो व्याचका प्रशिक्षकलाई सम्मान

नेपालगञ्ज । योग समिति नेपालको योग प्रशिक्षक चौथो व्याच (२०७९) ले आफू भन्दा अग्रज प्रशिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने कार्य भव्य र सभ्य रूपमा सम्पन्न गरिएको ।

नेपालगञ्ज-१०, गोसाईगाउँस्थित योग केन्द्रमा आयोजित उक्त कार्यक्रममा योग गुरू गिरिराज भट्टराई, गुरूआमा मन्दिरा शर्मा, योग समिति नेपालका सल्लाहकार नन्द लाल वैश्य, आजिवन सदस्य निल बहादुर शाक्यलाई सम्मानका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

त्यसैगरी योग समिति नेपालका केन्द्रिय पदाधिकारी, पूर्व पदाधिकारी, प्रथम, दोश्रो तथा तेश्रो व्याचका योग प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो । सम्मान गर्ने क्रममा चौथो व्याचको तालिम अवधिमा तालिम प्रदान गर्ने चिकित्सकद्वय डा. दिनेश कुमार चौधरी र डा. प्रविण गुप्तालाई समेत सम्मान गरिएको थियो ।

चौथो व्याचका प्रशिक्षक प्रेम केसीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमलाई प्रमुख अतिथि योग गुरू गिरिराज भट्टराईले पानसमा बत्ती बालि उदघाटन गर्नुभएकाे कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षक अनिता श्रेष्ठले स्वागत गरेकी थियाे भने कार्यक्रममाथि प्रशिक्षक पुरूषोत्तम खनालले प्रकाश पार्नुुभएकाे थियाे ।

उक्त कार्यक्रममा तेश्रो व्याचको योग प्रशिक्षक कोपिला संग्रौलाले योग सम्बन्धि आफ्नो अनुभव राख्नु भएको थियो भने प्रशिक्षकद्वय तारा रोकाया र पुष्पा ज्ञवाली खनालले गित तथा कविताले मनोरञ्जन दिनुभएकाे थियाे ।

कार्यक्रममा सल्लाहकार वैश्य, उपाध्यक्ष लोकमाया सुवेदी, सदस्य झवि शर्मा तथा प्रशिक्षक अरूण सिंहले आफ्नो धारणा व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा योग प्रशिक्षक चौथो व्याचको समूहगत फोटो केन्द्रिय अध्यक्षलाई हस्तान्तरण गरिएको थियो भने चौथो व्याचका प्रत्येक प्रशिक्षकलाई योग गुरूबाट समूहगत फोटो वितरण गरिएको थियो । कार्यक्रमलाई प्रशिक्षकद्वय श्यामकुमार अधिकारी र तारा रोकायाले सञ्चालन गर्नुभएकाे थियाे ।

Previous articleरचना श्रेष्ठ महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित
Next articleवीपी स्मृति दिवसमा घोराहीको बाह्रकुने दहमा वृक्षारोपण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here