
नेपालगन्ज । ४१ औं वीपी स्मृति दिवसका अवसरमा आज दाङमा बृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको आयोजनामा घोराहीस्थित बाह्रकुने दह परिसरमा वृक्षारोपण गरिएको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह-महामन्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा बोल्दै पाण्डेले वीपीका विचारलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयाे ।
नेता पाण्डेले पार्टीभित्रको गुट-उपगुटलाई अन्त्य गरेर पार्टीलाई सशक्त गराउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयाे ।
त्यस्तै निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरीले वीपी विचार कांग्रेसको सम्पत्ति भएको भन्दै यसको संरक्षण र संबर्द्धन जरुरी रहेको बताउनुभयाे । उहाँले वीपीले देखाएको बाटोमा दृढ भएर हिंड्ने संकल्प कांग्रेसले गर्नुपर्ने बताउनुभयाे ।
जिल्ला सभापति शंकर डाँगीको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा पूर्व सभापतिहरु विरकेश्वरी गौतम, कृतिबहादुर खड्का, जिल्ला सचिव बालिका लम्साल लगायत नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात बाह्रकुने दहमा बोटिङ गराइएको थियो ।





