
बर्दिया । बर्दिया जिल्लाका ४ वटा स्थानीय तह ठाकुरबाबा, बारबर्दिया, मधुवन नगरपालिका तथा गेरुवा गाउपालिकामा सकारात्मक अभिभावक शिक्षा कार्यक्रम संचालन गरीएको छ ।
परियोजना संचालन भएका बिद्यालयको सेवा क्षेत्र भित्रका बिद्यालय नियमित नहुने, बिधालय छाड्न सक्ने सम्भावित र सिकाइ उपलब्धीको स्तर कम भएका सम्भावित बालबालीकाहरुको अभिभावकलाइ लक्षित गरि कार्यक्रम संचालन गरिएको हो ।
बालबालिकाहरुको शैक्षिक अवस्था सुधार गर्नुमा शिक्षकहरुको मात्र नभएर अभिभावकको पनि उत्तिकै भुमिका हुने भएकाले बिद्यालयको सेवा क्षेत्र भित्रका बिद्यालय नियमित नहुने, बिधालय छाड्न सक्ने सम्भावित र सिकाइ उपलब्धीको स्तर कम भएका अभिभावकहरुका लागी अभिभावक शिक्षा सत्र संचालन गरिएको छ ।
आफ्ना छोरा छोरीको सिकाई उपलब्धी कसरी बढाउने र उनीहरुको घरमा अध्ययन बातावरण निर्माण गर्न सिकाई कुना बनाउनका लागी अभिभावक भेला गरी ७ शन्देशका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको (वि.ग्रुप) बाँकेले जनाएको छ ।
प्लान इन्टरनेश्नल नेपाल तथा (वि। ग्रुप) बाँकेको आयोजना तथा परियोजना संचालन भएका ४ वटा स्थानीय तहको समन्वयमा कार्यक्रम संचालन गरिएको थियो । बालबालिकाहरुको पढाई स्तर कस्तो छ र आगामी दिनहरुमा घरमा सिकाइ बातावरण निर्माण गर्नका लागी अभिभावकको भुमिका महत्वपुर्ण भुमिका रहने भएकाले यस्ता कार्यक्रम बिद्यालयको सेवा क्षेत्र भित्र संचालन गर्न उपयुक्त रहेको सहभागीहरुले बताएका छन ।
सकारात्मक अभिभावक शिक्षा कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न सकेमा बालबालिकाहरु बिद्यालयमा नियमित हुने, बिधालय छाड्न सक्ने सम्भावित बालबालीकाहरु संख्यामा कमि आउने र सिकाइ उपलब्धीको स्तर बृद्दि हुने र कुलत तथा दुव्र्यसनीबाट पनि बच्न सकिने भएकोले अभिभावक शिक्षा सत्र संचान भएको मधुवन नगरपालिका वडा नं ५ वडगाउ कि पुर्व वडघर मनप्यारी चौधरीले जानकारी दिनुभयो ।
एक घर एक पढाई कुना भन्ने नाराका साथ घरमा पढाई कुना हुन पर्ने, त्यसका लागि घरमा पढ्नलाई शान्त स्थान र समय अभिभावले छुट्याईको हुनुपर्ने, विहान वा साझको समयमा बालबालिकाहरु घरको पढाई कुना वा कोठामा बसेर पढ्ने व्यवस्था गर्ने बानी बसाल्नका लागी ध्यान दिने, अभिभावकले आफ्ना बालबालिकाहरुलाई समय दिने बालिबालिकाहरुलाई दन्त्य कथा सुनाउने, बालबालिकाहरुले पढेका कुरा ध्यान दिइएर सुन्ने, उनीहरुसंग कुराकानी गर्ने, आफ्ना बालबालिकाको सिकाई उपलब्धी थाहा पाउन विद्यालयमा गई शिक्षकहरुसंग छलफल गर्नुपर्ने, विद्यालयको गुणस्तर सुधारमा अभिभावकहरुको भुमिका विषयमा छलफल गरि घरमा सिकाइ कुना निर्माणका लागी कार्ययोजना बनाएको छ ।
प्लान इन्टरनेशनल नेपाल, (बि ग्रुप) को आर्थिक तथा प्राबिधिक साझेदारीमा बर्दियाको ठाकुरबाबा, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा बाल विवाह न्युनिकरण परियोजनामार्फत ४३ वटा बिद्यालयमा संचालनमा रहेको र परियोजना संचालित बिद्यालयको सेवाक्षेत्र भित्र अभिभावक शिक्षा सत्र संचालन भइरहेको परियोजना प्राबिधि संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।





