जानकीमा एक वर्षमा ३२ वटा मुद्दा फछ्र्यौट

मानपुर । बाँकेको जानकी गाउँपालिकाले गत आर्थिक बर्षमा ३२ वटा मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०७८/७९ को आल्या मुद्दा १७ र गत आर्थिक बर्ष २०७९/८० का १५ मुद्दा फछ्र्यौट गरेको न्यायिक शाखाले जनाएको छ ।

पछिल्लो एक बर्षमा २३ वटा मुद्दा दर्ता भएकोमा १५ वटाको किनारा लगाइएको हो । पालिकाको न्यायिक शाखा प्रमुख जित बहादुर श्रेष्ठले आर्थिक बर्ष २०७९/८० मा दर्ता भएर फछ्र्यौट गर्न बाँकी मुद्दाको संख्या ८ रहेको बाताउनुभयो ।

आर्थिक बर्ष २०७८/७९ को आल्या र गत आर्थिक बर्षमा दर्ता भएका जम्मा ४० वटा मुद्दा मध्ये अब ८ वटा मुद्दा मात्र फछ्र्यौट गर्न बाँकी रहेको न्यायिक शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

आर्थिक बर्ष २०७८/७९ को १७ वटा आल्या मुद्दा सबै फछ्र्यौट भएको छ । उहाँका अनुसार प्रायःजसो मुद्दा बाटो निकास, लेनदेन रकम, जग्गा कब्जासंग सम्बन्धित रहेका छन् ।

Previous articleबालबालिकाको शैक्षिक स्तर बृद्धि गराउन गाउँ-गाउँमा अभिभावक सत्र संचालन
Next articleअछामी सेवा समाज बाँकेकाे रक्तदान, ७५ जना सहभागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here