५८ औं रक्तसंचार सेवा दिवस : बाँकेमा १७ हजार युनिट रगत वितरण

नेपालगञ्ज । “सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसंचार सेवा” भन्ने मुल नाराका साथ ५८ औं रक्तसंचार सेवा दिवस नेपालगञ्जमा मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्रद्वारा सेवा प्रवाह सम्बन्धी जानकारी तथा खुला रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।

आर्थिक वर्ष २०७९/२०८० मा १३ हजार ३ सय ७४ संकलन र १७ हजार ९ सय १५ युनिट रगत वितरण भएको छ । यसैगरी ४ हजार २८ युनिट रक्ततत्व निर्माण र १२४ पटक घुम्ती रक्त संकलन शिविर संचालन भएको कुरा रक्त संचार सेवाका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जानकारी दिनु भएको छ ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले नेपालगंज क्षेत्र मेडिकल हबको रुपमा विकास हुँदै गइरहेकोले दिन प्रति दिन रगतको माँग बृद्धि भएको बताउनु भयो । मानवीय कार्यमा सहयोग गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

नेरेसो रक्तसंचार व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुुर श्रीवास्तव, सदस्य नरेन्द्रकुमार पौडेल, मीनबहादुर मल्ल, सरिता ज्ञवाली, जिल्ला र उपशाखा कार्यसमिति पदाधिकारी एवं सदस्य, शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जनसम्पर्क अधिकृत सरिता सिंहले गर्नुभएको थियो ।

Previous articleभेरी पश्चिमकै रिफरल अस्पतालको रुपमा स्थापित : स्वास्थ्यमन्त्री खनाल
Next articleकोहलपुर खानेपानी संस्थाको अध्यक्षमा भुषाल निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here