दैलेखी समाज बाँकेको १८ औं स्थपना दिवसमा रक्तदान

नेपालगन्ज । दैलेखी समाज बाँकेले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा शनिबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ मा समाजले आफ्नो १८ औं स्थापना दिवस तथा १७ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रतिनिधि सभा सांसद दीपा शर्मा, बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरी र महेश रानाक्षेत्रीलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई समाजका सदस्य गणेश खडकाले संचालन गर्नुभएको थियो ।

समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरीको अध्यक्षतमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष डिल बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य हरि प्रसाद तिमिल्सेना, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सचिव भिष्म लोध, सल्लाहकार पवन जायसवाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन बहादुर मल्ल, समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, गिरी, राम भक्त लम्साल, राना क्षेत्री, प्रशान्त तिवारी, सपना मल्ल, केशर सिंह डाँगी, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

सो कार्यक्रममा सहयोगी हातहरुमा डा.प्रकाश बहादुर खडका, डा. शंकर केसी, डा.मञ्जु बिसी शाही, डा.बिनोद प्याकुरेल, केयर सिटी अस्पताल एण्ड रिसर्च सेन्टर, पूर्णागिरी तथा दिपकमल फार्मेसी, कलश फर्मास्टिकल्स, मिडवेष्ट डिष्टिव्यूटर्स, फेमस मेडिसीन डिष्टिव्यूटर्स, शुभकामना मेडिकल हल, मोडेल फर्मेसी, प्रिन्स मेडिकल हल, सान्ची मेडिकल हल, पवित्रा मेडिकल हल, शुभारम्भ मेडिकल हल, ओम ट्रेडर्स, बिन्द्रासैनी ट्रेडर्स, समाजका निर्वतमान अध्यक्ष ईश्वर श्रेष्ठ, बम बहादुर दसौदी, सुरेश थापा लक्ष्मी गारमेन्ट लगायत सहयोगी रहेको समाजका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

Previous articleनिजामती सेवा विधेकप्रति कर्मचारीहरुको असन्तुष्टि
Next articleधुमधामका साथ मोहर्रमको ताजिया बिर्सजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here