१७ केजी चित्तलको मासुसहित ३ जना पक्राउ

दाङ । दाङ प्रहरीले चित्तलको १७ केजी मासुसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लमही ६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा ६ का ३० वर्षीय मनोज थापा मगर, गढवा ६ कै ३१ वर्षीय करण केसी छन् ।

आइतबार बेलुकी साढे पाँच बजे घोराही ३ कुइरेपानीमा चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाएको अवस्थामा चित्तलको मासु फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । ।

पक्राउ परेकाहरुको थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय घोराही, दाङलाई बुझाइएको प्रहरीले बताएको छ ।

Previous articleचलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु
Next articleनेपाली सेनाद्वारा बृहत बृक्षारोपण कार्य शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here