नेपाली सेनाद्वारा बृहत बृक्षारोपण कार्य शुरु

नेपालगञ्ज । बज्रदल गण इमामनगर ब्यारेकले बृहत बृक्षारोपण कार्य शुरु गरेको छ । नेपाली सेना इमाननगर ब्यारेकले आफ्नो भोगाधिकार मातहतको २६ बिगाहा जग्गामा आज एक हजार ५ सय बिरुवा रोपेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले संयुक्त रुपमा ब्यानेर खोलेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१ का वडाअध्यक्ष प्रमोद रिजाल, वडा नं-२० का वडा अध्यक्ष कौशल धोवी, सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरक्षक रमेश शाही, इमाम नगर व्यारेकका बाहिनीपति प्रकाश थापा, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनार, व्यापारी किसन गुरुङ, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, वडा कार्यालयका कर्मचारीसहित स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थिति सबैले आफ्नो नाम प्लेटसहितको बिरुवा रोपेका थिए । अमला, अम्बा, सितलचिनिको बिरुवा रोपिएको छ । असार २ गते खडेरी दिवसको दिनदेखि शुरु गरिएको बृक्षारोपण कार्यक्रमले हालसम्म पन्ध्र सय बढी बिरुवा रोपिएको र करिब पाँच हजार बिरुवा रोप्ने योजना रहेको बज्रदल गणका गणपति श्याम आत्रय पौडेलले जानकारि दिनुभयो ।

कार्यक्रमलाई डिभिजन वन कार्यालय नेपालगञ्ज, नेपालगञ्ज सव डिभिजन वन कार्यालय, राँझा र नेपालगञ्ज फोनिक्स राउण्ड टेबल ३२ ले सहयोग गरेका छन् ।

Previous article१७ केजी चित्तलको मासुसहित ३ जना पक्राउ
Next articleस्थापना दिवसको अवसरमा आश्रममा सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here