पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।

पत्रकार सम्मेलनमा उहाँले घरेलु क्रिकेट पनि नखेल्ने बताउनुभयो । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा शुरु गर्नुभएका थियो ।

मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी २० आई क्रिकेट खेल्नुभएको छ । उहाँले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाउनुभएको छ ।

Previous articleसेवा प्रभावकारी बनाउन डुडुवाको पाँच बुँदे प्रतिबद्धता
Next articleसात हजार बढीमा डेंगु पुष्टि, सात जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here