एथ्लेटिक्स संघ, बाँकेको अध्यक्षमा शाही चयन

नेपालगन्ज । नेपाल एथ्लेटिक्स संघ, बाँकेको अध्यक्षमा राजेन्द्र कुमार शाही चयन हुनुभएको छ ।

संघकाे शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला आधिवेशनले शाहीकाे नेतृत्वमा ११ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

संघकाे उपाध्यक्षद्वयमा अम्मरजंग थापा र माया पाैडेल मल्ल, सचिवमा मिना चाैधरी, काेषाध्यक्षमा ऋतिक शाही चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा बुद्विराम महताे, गाैतम कुमार श्रेष्ठ, चित्कला थापा, बिक्रमजंग थापा, रमजान अलि सल्मानी र काैशिला भणडारी निर्वाचित भएकाे निर्वाचन समिति संयाेजक यामनारायण महताेले जानकारी दिनुभयाे ।

राष्ट्रिय एथ्लेटिक्स एसाेशियसन नेपालकी गिता कुमारी बस्नेतकाे प्रमुख आतिथ्यता र जिल्ला खेलकुद बिकास समिति बाँकेका सदस्य जावेद अहमदकाे उपस्थितिमा कार्यक्रम गरिएको थियाे ।

अधवेशनकाे उद्घाटन सभामा पुर्व अध्यक्ष विक्रमजंग थापाले आफ्नो कार्यकालका बारेमा उल्लेख गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालकाे शुभकामना दिनुभयो ।

नवनिर्मित अध्यक्ष शाहीले खेलकूद र एथलेटिक्स खेलकाे बिकासमा सधैव क्रियाशिल भएर लाग्ने प्रतिबद्धता जनाउनुभयाे ।

Previous articleसात हजार बढीमा डेंगु पुष्टि, सात जनाको मृत्यु
Next articleसिआईजिपी र बास नेपालबिच सम्झौता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here