कार दुर्घटनामा नेपालगन्जकाे त्रिभुवन चाेकका ६ जनाकाे मृत्यु

नेपालगन्ज । नेपालगन्जकाे त्रिभुवन चोकका ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । भारतको श्रवास्तीकाे ईकाैना भन्ने ठाउँमा भएकाे कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हाे ।

शनिबार साँझ साढे ६ बजे भएकाे दुर्घटनामा त्रिभुवन चाेकस्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताका छोरा र छोरी, नेपालगन्ज सदरलाईनस्थित हरि ओम मेडिकलका वैभव गुप्ताका छोरा बुहारी र दुई नातिनी परेको खवर छ । दुर्घटनाको एकिन विवरण भने आइसकेको छैन ।

Previous articleदुई वर्षदेखि फलामकाे सिक्रीमा बाँधिएका बाँसगढीका सुरेशकाे उद्वार
Next articleभुरीगाउँमा सिकाईका लागि उपयुुक्त वातावरण निर्माण विषयक अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here