ठुलाे परिमाणकाे नक्कली नोटसहित तीन जना पक्राउ

नेपालगन्ज । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।

मंगलबार साँझ तारकेश्वर नगरपालिका वडा नम्बर-५ गोलढुंगा नगिनी खोला अगाडिबाट सशस्त्र प्रहरी बलले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।

स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका-५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका-२ का सुवास गुरूङ र रामेछाप गोकुलगंगा गाउँपालिका-१ का मदन दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको डेरा कोठाबाट नक्कली नेपाली रूपैयाँ एक हजारको एक सय ८२ थान र नोट बनाउन प्रयोग हुने कागज दुई सय थान बरामद भएको छ ।

यसैगरी मोबाइल चार थान,  सिमकार्ड दस थान र बा ६५ प ९०२७  नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको आशंका प्रहरीको छ ।
बरामद गरिएको सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

Previous articleसमावेशी प्यानलका ‘१७ स’ प्रतिबद्धता
Next articleबर्दियामा सबैभन्दा धेरै वर्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here