न्यूराेडका मतदातामाझ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि उम्मेदवारी दिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोडका मतदाताहरुसंग भेटघाट गरेको छ ।

प्रजातान्त्रिक समूहले बुधबार बिहान नेपालगञ्ज न्यूरोडका मतदाताहरुमाझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ ।

अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसंग भेट्दै आफ्ना कुराहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूहमाथि आशा राखेको दर्शाएका छन् ।मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफुहरुको साथ सहयोग रहने जनाएका थिए ।

भेटघाटमा उम्मेदवारहरुले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफुहरुको समूहलाई जिताउन समेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले मतदाताहरुमा आफनो समूहलाई मन पराईरहेको देखिएको बताउनुभयो ।

उद्योग वाणिज्य संघको यही भदौ २ गते नयाँ नेतृत्वका लागि निर्वाचन तय गरिएको छ । यस क्रममा नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूह मतदाताहरुसंगको भेटघाटलाई तिब्र बनाएको छ ।

Previous articleबर्दियामा सबैभन्दा धेरै वर्षा
Next articleआँखा पाक्ने संक्रमण फैलिन थालेपछि जानकीका बिद्यालय बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here