आँखा पाक्ने संक्रमण फैलिन थालेपछि जानकीका बिद्यालय बन्द

नेपालगन्ज । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि जानकी गाउँपालिका विद्यालय बन्द गरिएको छ ।

जानकीका शिक्षा प्रमुख कृष्णा कुमारी भण्डारीले अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न निजी र सामुदायिक सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरिएको बताउनुभयाे ।

आँखा पाक्ने सङ्क्रमण वृद्धि हुँदै गएकोले विद्यालयबाट नै अन्य बालबालिकामा पनि सर्ने सम्भावना रहेकोले साउन २५ देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयाे ।

यससंगै बाँकेकाे नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिकाले समेत बिद्यालय बन्द गरेका छन् ।

Previous articleन्यूराेडका मतदातामाझ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह
Next articleखजुराकाे जेठीनालामा एक बालक बेपत्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here