खजुराकाे जेठीनालामा एक बालक बेपत्ता

नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिका वडा न-७ स्थित जेठीनालामा १६ वर्षका एक बालक डुबेर बेपत्ता भएका छन् ।

जेठिनालामा पाैडि खेल्ने क्रममा खजुरा वडा न-६ शान्तिनगर स्थित श्री जनकल्याण माध्यमिक विद्यालयकाे कक्षा ९ मा अध्यानरत १६ वर्षका बिकाश सुनार डुबेर बेपत्ता हुनुभएको हाे ।

बालक बेपत्ता भएलगत्तै ईलाका प्रहरी कार्यलय धनाैलीकाे प्रहरी टाेलीले याे समाचार तयार गर्दासम्म खाेजी कार्य जारी राखेकाे खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिनुभयाे ।

उहाँले आफू र पालिका प्रमुख प्रशासकीय अधिकृत लगायतकाे टाेली खाेजी स्थलमै रहेकाे बताउनुभयाे ।

Previous articleआँखा पाक्ने संक्रमण फैलिन थालेपछि जानकीका बिद्यालय बन्द
Next articleवाणिज्य संघका उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here