प्रजातान्त्रिक समूहमा मतदानको आग्रह गर्दै महिलाहरुको घरदैलो अभियान

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको पक्षमा शुरु गरिएको घरदैलो अभियान महिलाहरुले सोमबार साँझ पनि गरेका छन् ।

ललित कुमार रौनियारको पक्षमा मतदान अभियानका लागि महिलाहरुले शुरु गरेको घरदैलो अभियान सोमबार साँझ नेपालगञ्जका बिभिन्न भागमा संचालन गरिएको छ ।

सुनिला बरालको नेतृत्वमा महिलाहरुको समूहले मतदाताको घरदैलोमा पुगेर प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

संघको नेतृत्वका लागि प्रजातान्त्रिक समूहका उम्मेदवार क्षमतावान रहेकोले आफुहरु उहाँहरुको पक्षमा घरदैलो अभियान शुरु गरेको संयोजक बरालले बताउनुभयो ।

प्रजातान्त्रिक समूहको पर्चा, पम्प्लेट लिएर मतदाताको घरदैलोमा पुग्ने र उहाँहरुलाई रौनियार नेतृत्वको प्यानलमा मतदान गर्न आग्रह गर्ने गरिएको बरालले जानकारी दिनुभयो ।

यस क्रममा धेरै मतदाता रौनियारको समर्थनमा रहेको देखिएको पनि उहाँले बताउनुभयो ।

Previous articleविभिन्न समूहमा बाडिदैं साझा प्रजातान्त्रिक समूह मतदाताको घरदैलोमा
Next articleपश्चिममै पहिलो पटक मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल भएको दाबी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here