उद्योग वाणिज्य संघलाई सुधार्ने अभियानमा प्रमोद

बाँके । यतिखेर भदौं २ गते शनिबार हुने नेपालगन्ज उद्योग वाणिज्य संघको रौनकले नेपालगन्ज तातिएको छ । उक्त चुनावमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहबाट ललित रौनियारको नेतृत्वमा सदस्य पदका लागि चुनावी मैदानमा होमिनुभएको छ, प्रमोदकुमार अग्रवाल ।

लामो समयदेखि व्यावसायी क्षेत्रमा सक्रिय प्रमोद उद्योग वाणिज्य संघको प्रवित्तिलाई सुधार्न आफू कार्यसमितिमा जान चुनावमा होमिएको बताउनुहुन्छ । ‘अहिले उद्योग वाणिज्य संघमा यति धेरै बेतिथि बढेको छ की नेपालगन्जका व्यावसायीहरुले किन भोट हाल्ने भन्नेसमेत प्रतिक्रिया दिई रहेका छन्,’ प्रमोदले भन्नुभयो, ‘यहाँ चुनाव जित्न र कुर्सीमा बस्न जे–जे गर्न सकिन्छ, ती सबै कामहरु भई रहेका छन् ।’

प्रमोद उद्योग वाणिज्य संघ अहिले गाउँघरमा रहेका कृषि फर्म, पशु फर्मलाई पनि सदस्यता वितरण गरिएको बताउनुहुन्छ । ‘अरे यहाँ त बाख्रा पाल्नेलाई पनि सदस्यता दिएका छन्, गाई पाल्नेलाई पनि सदस्यता दिनुभएको छ । अनि कहाबाट व्यावसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघलाई पत्याउछन् त,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले दुःख पाइम पाइम अब यी सबै बेतिथि हटाउन हामी कार्यसमितिमा जाँदै छौं ।’

प्रमोद नेपालगन्ज सहरलाई प्रमख ब्यापारिक केन्द्रको रुपमा स्थापना गर्ने सम्भावना हुँदा पनि त्यसतर्फ वर्तमान कार्यसमिति लागि नपरेको गुनासो गर्नुहुन्छ । उहाँ आफू र आफ्नो प्यानलको प्रमुख एजेण्डा हरेक व्यावसायीले नेपालगन्ज उद्योग वाणिज्य संघलाई आफ्नो संस्था भनेर विश्वास दिलाउने रहेको बताउनुहुन्छ ।

प्रमोद हाल नेपालगन्जमवा प्रमोद ट्रेडर्स र भेरी ढुवानी सेवाको संचालक गरिरहनुभएको छ । यसका अलवा उहाँ नेपालगन्ज किराना तथा खाद्य व्यावसायी संघको उपाध्यक्ष हुनुहुन्छ । साथै योग समिति नेपालगन्जको संयोजक, योग समिति नेपालगन्जको आजिवन सदस्य, योग प्रशिक्षक, योग अभियन्ता हुनुहुन्छ भने सामाजिक सेवा गरेवापत विभिन्न संघ संस्थाबाट उहाँ सम्मानितसमेत भई सक्नुभएको छ ।

Previous articleउद्योग वाणिज्य संघलाई विशुद्ध व्यवसायीकरण बनाउने अभियानमा खड्का
Next articleबाणिज्य संघको निर्वाचनः संघको खस्कदो गरिमा उकास्ने रौनियार नेतृत्वको बाचा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here