बाणिज्य संघको निर्वाचनः संघको खस्कदो गरिमा उकास्ने रौनियार नेतृत्वको बाचा

नेपालगन्ज । भोलि भदौं २ गते नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन हुँदैछ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट अध्यक्षका लागि ललित कुमार रौनियार नेतृत्वको समूह अहिले तीब्र चुनावी प्रचार छ ।

रौनियार नेतृत्वको समूहले संघको खस्कदो गरिमालाई उकास्ने बाचा गरेको छ । संघलाई विशुद्ध व्यापारीहरुको छाता संगठन बनाउन चाहेको बताएको छ ।

अध्यक्षका प्रत्याशी रौनियार यो पटक मत बदल्न मतदाताहरुलाई आग्रह गर्दै आउनुभएको छ । विगत तीन कार्यकालमा संघले व्यापारीको विश्वास पुरै गुमाएको छ रौनियार भन्नुहुन्छ संघप्रतिको विश्वास कायम गर्न यो पटक व्यापारी मतदाताहरुले मत बदल्नु पर्नेछ ।

उद्योग बाणिज्य संघमा देखिएको आर्थिक व्यथिति चिर्नका निमित्त पनि आफ्नो नेतृत्व कामियाव हुने उहाँको भनाइ छ । विगत तीन कार्यकालमा वास्तविक व्यापारीहरुको प्रतिनिधित्व हुने गरी नेतृत्वले आभाष दिलाउन नसकेको अनुभव रौनियारलाई छ ।

संघलाई प्रविधिसँग जोड्नेदेखि संघलाई स्तरीकरण गर्नका निमित्त पनि आफ्नो टिम संघका निमित्त आवश्यक रहेको रौनियारले बताउनुभयो ।

अहिलेसम्म आफु नेतृत्वमा भएपनि नभएपनि व्यापारीहरुका समस्याका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले यो पटकको निर्वाचनमा व्यापारी मतदाताहरुले आफ्नो पक्षमा मतदान गर्ने विश्वास रौनियारको छ ।

संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट उपाध्यक्ष (बाणिज्य) विष्णु प्रसाद श्रेष्ठ, उद्योग ९बाणिज्य० सफिक वेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंक प्रसाद शर्मा, उप महासचिवमा टेक बहादुर खड्का, कोषाध्क्षमा मख्खन बहादुर धामी उम्मेदवार हुनुहुन्छ ।

यसैगरी सदस्य पदमा शिवप्रसाद दाहाल, अतुल कुमार गुप्ता, सुनिल भण्डारी, सन्तोष कुमार पौडेल, विवेक कुमार श्रेष्ठ, कैफुल वरा जोलाह, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, बलबहादुर विष्ट (बबी) चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

Previous articleउद्योग वाणिज्य संघलाई सुधार्ने अभियानमा प्रमोद
Next articleसंघमा परिवर्तनको संवाहक बन्दै ललितकुमार रौनियार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here