
नेपालगञ्ज । शनिबार हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनले बाँकेमा नयाँ उत्साह जगाईरहेको छ । उद्योगी व्यवसायीका विभिन्न समस्याहरु समाधान गर्ने उम्मेदवारहरुले प्रतिवद्धता जनाइरहेका छन् ।
आम मतदाताका समस्या र संघमा सकारात्मक परिवर्तनको पक्षमा लड्दै आएका ललित रौनियारको लोकप्रियता बढ्दो क्रममा छ । निर्वाचनको दिन नजिकिदैं गर्दा व्यवसायीहरुमाझ परिवर्तनको संवाहक रुपमा चिनिदै हुनुहुन्छ रौनियार ।
रौनियारसँगैं उहाँले नेतृत्व गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह नयाँ उत्साहका मतदातामाझ आफना एजेन्डा लिएर गएको छ । जसले उहाँहरुलाइ सफलताको नजिक लगेको छ ।
रौनियार नेतृत्वको समूहले संघको खस्कदो गरिमालाई उकास्ने बाचा गरेको छ । संघलाई विशुद्ध व्यापारीहरुको छाता संगठन बनाउन चाहेको छ । अध्यक्षका उम्मेदवार रौनियारले यो पटक मत बदल्न आममतदाताहरुलाई आग्रह गर्दै आउनुभएको छ ।
विगत तीन कार्यकालमा संघले व्यापारीको विश्वास पुरै गुमाएको बताउनुहुन्छ रौनियार । संघप्रतिको विश्वास कायम राख्न यस पटक व्यापारी मतदाताहरुले आफनो टिमलाई विजयी गराउनमा रौनियार विश्वस्त हुनुहुन्छ ।
उद्योग बाणिज्य संघमा देखिएको आर्थिक व्यथिति चिर्नका निमित्त आफ्नो नेतृत्व सफल र सक्षम रहेको उहाँको भनाइ छ । विगत तीन कार्यकालमा वास्तविक व्यापारीहरुको प्रतिनिधित्व हुने गरी नेतृत्वले आभाष दिलाउन नसकेको अनुभव रौनियारसँगै थुप्रै व्यवसायीको बुझाइ छ ।
संघलाई प्रविधिसँग जोड्नेदेखि लिएर युवा पुस्ताको सहभागिता, सकारात्मक परिवर्तन र संघलाई स्तरीकरण गर्नको निमित्त आफ्नो टिम संघमा विजयी हुन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
अहिलेसम्म आफु नेतृत्वमा भएपनि नभएपनि व्यापारीहरुका समस्याका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले यो पटकको निर्वाचनमा व्यापारी मतदाताहरुले आफ्नो पक्षमा मतदान गर्ने रौनियारको विश्वास छ ।
शनिबार नेपालगन्ज रंगशालामा हुन लागेको संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट उपाध्यक्ष (बाणिज्य) विष्णु प्रसाद श्रेष्ठ, उद्योग तर्फको उपाध्यक्षमा मोहम्मद सफिक वेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंक प्रसाद शर्मा, उप महासचिवमा टेक बहादुर खड्का र कोषाध्क्षमा मख्खन बहादुर धामी उम्मेदवार हुनुहुन्छ ।
यसैगरी सदस्य पदमा शिवप्रसाद दाहाल, अतुल कुमार गुप्ता, सुनिल भण्डारी, सन्तोष कुमार पौडेल, विवेक कुमार श्रेष्ठ, कैफुल वरा जोलाह, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, बलबहादुर विष्ट (बबी) चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।





