युवा व्यवसायीका रोलमोडेल उम्मेदवार मख्खन धामी

रजनी योगी, नेपालगन्ज । शनिबार बिहानैदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ ।

व्यवसायीको निर्वाचनले नेपालगन्ज यस क्षेत्र वरपरका पालिकाहरुमा निकै चहलपहल छ । उद्योगी-व्यवसायीको चुनावले नेपालगन्ज बजार तातिएको छ ।

पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जलाई आधुनिक ढंगले व्यवस्थित र फराकिलो बनाउने एजेण्डासहित निर्वाचनमा होमिएका उम्मेदवार हुनुहुन्छ मख्खन धामी ।

युवा जोश जाँगर र उत्साहका साथ निर्वाचनमा होमिएका धामी युवा व्यवसायीहरुका लागि रोलमोडेल हुनुहुन्छ । उहाँले व्यवसायिक क्षेत्रमा छोटो अवधिमा निकैं सफलता हासिल गर्नुभएको छ, जुन सहजै सबैले पाउन सक्दैनन् ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका मख्खन व्यवसायीका हरेक समस्या र दुःखमा साथ रहने उम्मेदवार हुनुहुन्छ ।

प्रष्ट वक्ता, हक्की स्वभावका धामीले राजनीति हुँदै व्यवसायिक क्षेत्रमा सफलता हासिल गर्दै आउनुभएको छ । उहाँ २० वर्षदेखि व्यवसायीक क्षेत्रमा हुनुहुन्छ । नेपालगन्ज उद्योग वाणिज्य संघमा नवितम परिवर्तन गर्ने उहाँको उद्देश्य छ ।

त्यसका लागि आफु इमानदारिताका साथ लागिरहेको बताउनुहुन्छ धामी । व्यवसायका क्षेत्रमा कति व्यवसायीलाई बेकिंग सम्बन्धि ज्ञान छैन, भन्सारमा हुने समस्याको ज्ञान छैन, त्यो चेतना दिन संघले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने धामीको तर्क छ ।

उहाँले विद्यार्थीकालदेखि राजनीती सुरु गर्नुभएको थियो । राजनीतिपछि व्यवसाय सुरु गर्नुभएका धामी यस क्षेत्रमा पनि सफल व्यवसायीका रुपमा स्थापित हुनुहुन्छ । व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उहाँको सक्रियता उस्तै छ ।

सामाजिक सेवा भावले प्रेरित हुँदैं धामीले विभिन्न संघ संस्थामा आबद्ध भएर ज्ञान हासिल गर्दै व्यवसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । विगत २० वर्षदेखि मध्य र सुदुरपश्चिममा खाद्यान्नको थोक विक्रेता भएर काम गरिरहनुभएको छ । उहाँ युवाहरुलाई सकारात्मक उर्जा दिन चाहनहुन्छ, युवाले नेपालमै केही गर्नपर्छ भन्ने सन्देश प्रवाह गरिरहनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘प्रत्येक युवा काम गर्नलाई सक्षम छन् । परिश्रम गरेपछि नेपालमै जताततै पैसा छ । तर अहिलेका युवाको रोजाईंमा विदेश परेकाले नेपालमा केही पनि छैन भन्ने मनोवृत्ती म परिवर्तन गर्न चाहन्छु ।’

अहिलेका युवाहरुमा केही गरेर देखाउनुपर्छ भन्ने जोश र जाँगर हुनुपर्छ भन्ने उहाँको बुझाई छ । उहाँ भन्नुहुन्छ, ‘व्यवसायमा सफल हुनलाई गलनशिता र ईमान्दारिता हुनुपर्छ । पैसा नै ठूलो कुरा हाईन श्रम र ईमान्दारिता ठूलो कुरा हो । कसैले म केही गर्छु भन्ने लक्ष्य राख्छ भने त्यसले सफलता हासिल गर्न सक्छ ।’

अहिले व्यवसायका माझ लोकप्रिय उम्मेदवार बन्नुभएका धामी भन्नुहुन्छ, ‘संसारको सबैभन्दा सुन्दर देश नेपाल हो । परिश्रम गरे जताततै पैसा पाउन सकिन्छ, काम सानो र ठूलो हुँदैन । जस्तो पनि व्यवसाय गरेपनि मिहिनेत र इमानदारीताका साथ काम गरे सफल हुन सकिन्छ ।’

धामी निकिता इन्टरप्राइजेज प्रालि, निकिता फुड प्याकेजिङ उद्योगको प्रबन्ध निर्देशक, खाद्यन्नको थोक विक्रेता, चामल चिनीको बिक्रेता हुनुहुन्छ ।

Previous articleसंघमा परिवर्तनको संवाहक बन्दै ललितकुमार रौनियार
Next articleनेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतगणना कार्य शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here