नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतगणना कार्य शुरु

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा मतदानपछिको मतगणना कार्य आज बिहानबाट शुरु भएको छ ।

संघको आगामी नेतृत्व चयनका लागि शनिबार निर्वाचन प्रक्रिया अनुसार मतदान भएको थियो । मतदानमा ८३ प्रतिशतभन्दा बढी मत खसेको थियो ।

संघको कुल ४ हजार ९ सय ३६ मतदाता रहेकोमा ४ हजार १ सय ३२ मत खसेको निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिनुभयो ।

निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट ललितकुमार रौनियार र समावेशी समुहबाट टंकबहादुर धामी नेतृत्वको समुह छ ।

Previous articleयुवा व्यवसायीका रोलमोडेल उम्मेदवार मख्खन धामी
Next articleभागबन्डा नमिल्दा लुम्बिनी प्रदेश सरकार अपूर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here