
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंक बहादुर धामी विजयी हुनुभएको छ ।
समावेशी प्यानलका तर्फबाट उम्मेदवार बन्नुभएका धामी संघकाे अगामी कार्यकालका लागि फराकिलो मतान्तरले अध्यक्षमा चयन हुनुभएको हाे ।
धामीले अफ्ना प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवार ललित कुमार राैनियारलाई ८ सय ९० मतान्तरले पछाडी पार्नुभएकाे छ ।
आईतवार साँझ सार्वजनिक मतपरिणाम अनुसार धामीले २ हजार ४ सय ५६ मत प्राप्त गर्नुभएको छ भने राैनियारले १ हजार ५ सय ६६ मत प्राप्त गर्नुभएको छ ।





