नीति निर्माण र सेवा प्रवाहमा जनस्वास्थ्यकर्मीकाे सहयोग आवश्यक : जनस्वास्थ्य बिज्ञ पुन

रूपन्देही । प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेश कार्यसमिति बैठक तदर्थ कमिटीका अध्यक्ष निरन्जन पोख्रेलको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीका स्वास्थ्य सल्लाहकार हरि बहादुर पुनकाे प्रमुख आतिथ्यता तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालको विशेष उपस्थितिमा बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रीका सल्लाहकार तथा जनस्वास्थ्य बिज्ञ पुनले प्रदेश स्वास्थ्य मन्त्रालयको नीति निर्माण तथा सेवा प्रबाह गर्ने तहसम्म जनस्वास्थ्यकर्मीहरूकाे भुमिका अपरिहार्य र महत्वपूर्ण हुने भएकोले प्रदेशभित्रका जनस्वास्थ्यका क्रियाकलापमा जनस्वास्थ्यकर्मीहरूकाे सहयोग अत्यावश्यक रहेको बताउनु भएको थियो ।

सो कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रीय समितिका सचीव कोशलराज वैद्यले लुम्बिनी प्रदेश का १२ वटै जिल्लामा जनस्वास्थ्यका कार्यक्रमलाई प्रभाबकारी बनाइ नागरिकको स्वास्थ्य प्रबर्द्धन गर्न र महामारी जन्य रोगको रोकथाम गर्न संघमा आबद्द जनस्वास्थ्य कर्मीहरुको भुमिका महत्वपूर्ण रहेको बिचार व्यक्त गर्नु भएको थियो ।

त्यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख तथा संघका सल्लाहकार गौरव ढकालले प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघले प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहका स्वास्थ्य शाखाहरुसँग समन्वय गरि जनस्वास्थ्यका कार्यक्रमहरु प्रभावकारी बनाइ प्रदेशमा रहेको उच्च मृत्यु दर तथा बाल मृत्युु दरलाइ घटाउन प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ निरन्तर रुपमा लाग्नु पर्ने आवश्यकता रहेको शुझाव दिनु भएको थियो ।

बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्य कर्मीहरुका समस्याहरु, स्थानीय तहमा जनस्वास्थ्य अधिकृतहरुको लोकसेवाद्वारा बिज्ञापन, गैरसरकारी सरकारी संस्थाहरुमा जनस्वास्थ्यकर्मीहरुको अत्याधिक रोजगारको ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको संघका सचिब नरेश श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा प्रदेश कमिटी सल्लाहकार किरण श्रेष्ठ, नेपाल स्वास्थ्यकर्मी संघ, लुम्बिनी प्रदेश कमिटी सदस्य केदार नाथ साह लगायतको उपस्थिति रहेको थियो ।

Previous articleसंघकाे अध्यक्षमा टंक धामी निर्वाचित
Next articleनेपालगन्जका तीन स्वास्थ्य चाैकी पुरस्कृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here