
नेपालगन्ज । सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुमेली सेवा समाज बाँकेले शनिबार रक्तदान गरेको छ । भेरी अस्पातलभित्र रहेको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा एक कार्यक्रम गरी उक्त रक्तदान गरिएको हो ।
उक्त रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका रुकुमेली सेवा समाज बाँकेका सचिव चिन्ताराम शर्माले जनाउनुभयाे । यस रक्तदानले रगत अभावमा मत्युसँग जुधिरहेका बिरामीको जीवन सुरक्षा हुने विश्वास लिइएको उहाँको भनाइ छ ।
रुकुम घर भइ हाल स्थायी तथा अस्थायीरुपमा बाँकेमा बसोबास गर्ने रुकुमेलीले रक्तदान गरेका थिए । रुकुमेली सेवा समाजको प्रथम अधिवेशनपछि बसेको पहिलो बैठकले नेपालगन्ज र कोहलपुरमा रक्तदान गर्ने निणर्य गरेको थियो ।
सोहीअनुसार शनिबार नेपालगन्जमा रक्तदान गरिएको रुकुमेली सेवा समाजका सल्लाहकार रुद्र देवकोटाले जनाउनुभयाे । उहाँका अनुसार यही १५ गते कोहलपुरमा रक्तदान कार्यक्रम गरिने छ ।
ज्ञानोदय पुस्तकालयमा विहान ७ः३० बजेदेखि उक्त कार्यक्रम हुने उहाँले बताउनुभयाे । उक्त रक्तदान कार्यक्रममा सहभागी हुन उहँले सबैलाई अपील गर्नुभयाे ।





