
बाँके । बाँकेमा खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । जिल्लास्थित जानकी गाउँपालिका वडा नं-४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताउनुभयो ।
साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो ।
यस्तै पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका वडा नं-१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका वडा नं-३ एलबी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको हो । मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएको प्रहरीले जनाएको छ ।





