ट्राफिक व्यवस्थापनका लागि प्रहरीले नागरिकसँग सहकार्य गर्ने

नेपालगञ्ज । बाँकेमा ट्राफिक सचेतनाका लागि प्रहरीले आम नागरिकसँग सहकार्य गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणमा ट्राफिक नियम सचेतना अभिबृद्धि गर्नका लागि नागरिकसँग सहकार्य गरेर कार्यक्रम गर्नेे भएको हो ।

बाँके ट्राफिकको कमाण्ड सम्हाल्नुभएका प्रहरी निरीक्षक एव बाँकेका ट्राफिक प्रमुख गोपी कृष्ण सुवेदीले आम नागरिकमा ट्राफिक नियम, मापदण्ड तथा नेपालगञ्ज शहरमा सवारी साधानको व्यवस्थापनका लागि नागरिकसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रहरी प्रमुख सुवेदीले पश्चिम नेपालको हब रहेको बाँके जिल्ला, यसमा पनि नेपालगञ्ज र कोहलपुर जस्तो बजारमा सवारी साधानलाई कारबाहीभन्दा उनीहरुलाई नै सर्वसाधारणमैत्री बनाउन प्रहरीले नागरिकसँग सहकार्य गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

ट्राफिकमा सिमित दरबन्दीका बाबजुद पश्चिमको ठुलो शहरको व्यवस्थापनमा चुनौती समेत रहेको प्रमुख सुवेदीले बताउनुभयो । बढ्दो सवारी साधानको प्रयोग, बाटोघाटोको बिस्तार, शहरीकरणले सवारी साधान व्यवस्थापनमा चुनौती थपिरहेको उहाँले बताउनुभयो ।

‘हामीले सबै सवारी धनी र चालकलाई एकै किसिमको व्यवहार प्रर्दशन गर्न चाहेपनि कतिपय अवस्थामा यस्ता व्यक्तिहरु नै अट्टेरी गर्छन,’ प्रमुख सुवेदीले भन्नुभयो, त्यस्तो अवस्थामा बाध्यताबस कारबाही गर्नुको अर्को कुनै बिकल्प नै हुँदैन ।,’

बढ्दो अटोरिक्सा, बिभिन्न साधानहरु, मोटरसाईकल दैनिक दुर्घटना हुनुको पछाडी बाटो पनि एउटा कारण रहेको बताउँदै प्रमुख सुवेदीले बाटोमा हिड्ने सर्वसाधारण, सवारी धनी, चालक, व्यवसायीले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्ता तमाम समस्याहरुको समाधानका लागि सबै क्षेत्रका व्यक्तिहरुलाई ट्राफिक नियमको पालना गर्न जिम्मेवारी बनाउन नागरिकसँग सहकार्य गर्ने प्रमुख सुवेदीले स्पष्ट पार्नुभयो ।

Previous articleच्याउ नचिन्दा दैनिक गईराछ अकालमा ज्यान
Next articleकङ्गोमा राष्ट्रसङ्घ विरोधी प्रदर्शन : ४८ जनाको ज्यान गयो, ७५ जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here