
नेपालगन्ज । बाँके प्रहरीले ४० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो र चालकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताउनुभयाे ।
अटोको डिक्कीमा लुकाई छिपाई नेपालगन्ज ल्याउँदै गरिएको अवस्थामा शनिबार अपराह्न साढे ४ बजे राप्तीसोनारी-६ का अटो चालक हरि परियारलाई पक्राउ मासुसहित पक्राउ गरिएको प्रवक्ता डाँगीले जानकारी दिनुभयाे ।
पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आवश्यक कारबाहीका लागि शनिबार राती नै जिल्ला बन कार्यालय बाँकेमा पठाइएको प्रहरीले जनाएकाे छ ।





