१० जिल्लाका युवाहरुको सहभागितामा सात दिने कचहरी नाटक शुरु

नेपालगञ्ज । कचहरी नाटक सम्बन्धि सात दिने तालिम नेपालगन्जमा शुरु भएको छ ।

युनीसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत सो तालिम शुरु भएको हो ।

कार्यक्रम सञ्चालीत कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ३० जना युवाहरुको सहभागिता रहेको तालिमको उद्घाटनमा बोल्दै बास नेपालका केन्द्रीय कार्यबाहक अध्यक्ष शिब कुमार बर्माले सञ्चालीत कार्यक्रमको उद्धेश्य परिपूर्तीका लागि युवाहरुलाई शिप प्रदान गर्ने र समुदाय सचेतीकरणमा परिचालन गर्ने गरी तालिमको आयोजना गरिएको भन्दै सो उद्धेश्य परिपूर्तीका लागि सक्रिय भएर काम गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै बास नेपालका तालिम विभाग प्रमुख तथा निर्वतमान अध्यक्ष रमेश सिटौलाले कचहरी नाटक नयाँ बिषय भएको र समाजलाई सुसुचित गर्न महत्वपूर्ण हुने भन्दै तालिममा सक्रियता पूर्बक सहभागिता जनाउन अनुरोध गर्नुभयो ।

यसैगरी तालिमको उद्घाटन कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले शिकेको शिप अहरणीय भएको् भन्दै तालिमले सबै सहभागिहरुलाई कचहरी नाटकका बिषयमा शिप प्रदान गर्ने बताउनुभयो ।

नाटकमा स्किृप्ट लेखन लगायत बिषयबस्तु महत्वपूर्ण हुने भन्दै त्यसमा केन्द्रीत भएर तालिम प्रदान गर्नुपर्नेमा जोड दिए । सबै सहभागिहरुका लागि तालिम अवसर भएको भन्दै अवसरको पूर्ण रुपमा सदुपयोग गर्न उहाँले सहभागिहरुलाई अनुरोध गर्नुभयो ।

तालिमको उद्घाटन सत्रमा तालिमको बिषय बस्तुका बारेमा जानकारी प्रशिक्षक किशोर डंगोलले गर्नुभएको थियो । उहाँले आयोजकले जुन उद्धेश्य राखेर तालिमको आयोजना गरेको हो सो अनुरुप सहभागिहरुलाई तालिम प्रदान गर्ने प्रतिबद्धता गर्नुभयो ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै कार्यक्रम प्रबन्धक हेमराज भट्टले समुदायमा खोप (शुन्य डोज र छुटेको डोज) लाई पूर्ण गर्न र बाल विवाहका बिषयमा सामुदायिक संवेदनशिलताका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।

तालिम पश्चात समुदाय स्तरमा गएर कचहरी नाटकको माध्यमबाट आम नागरिकहरुलाई सचेत गराउने उद्धेश्य रहेको उनको भनाई थियो । तालिमबाट पूर्ण रुपमा शिप र ज्ञान हासिल गरेर जान सबै सहभागिहरुलाई उहाँले अनुरोध गर्नुभयो ।

सात दिन सम्म चल्ने तालिममा कचहरी नाटकका विभिन्न बिषयमा प्रशिक्षक किशोर डंगोलले सहजिकरण गरिरहनुभएको छ । तालिमको उद्घाटन सत्र बासका केन्द्रीय कार्यवाहक अध्यक्ष बर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तालिममा कर्णाली प्रदेश अन्तरगत जुम्लाको गुठीचौर गाउँपालिका, कालिकोटको रास्कोट नगरपालिका, दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको बिरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकाका १५ जना युवाहरु र सुदुरपश्चिम प्रदेश अन्तरगत दार्चुलाको महाकालि नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका, डोटीको शिखर नगरपालिका, कन्चनपुरको भिमदत्त नगरपालिका र कैलालीको घोडाघोडी र धनगढी उपमहानगरपालिकाका १५ जना गरी ३० जनाको सहभागिता रहेको छ ।

Previous articleबर्दिया कारागारबाट एक कैदी फरार
Next articleप्रेस युनियन बाँकेले खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here