प्रेस युनियन बाँकेले खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्दै

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँके शाखाले हिन्दु महिलाहरुको पर्व हरितालिकाको अवसरमा तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्ने भएको छ ।

प्रेस युनियन बाँके शाखाको बैठकले बाँकेमा क्रियाशिल महिला पत्रकारहरुलाई लक्षित गरेर तीज सम्बन्धी खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्ने निर्णय गरेको सचिव भिष्म लोधले बताउनुभयो ।

स्टोरी लेखन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने महिला पत्रकारलाई नगदसहित पुरस्कृत गर्ने शाखाले निर्णय गरेको छ ।

तीज पर्वको अवसरलाई युनियन बाँकेले रचनात्मक काम गर्ने उद्देश्यले तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्न लागेको सचिव लोधले बताउनुभयो ।

प्रतियोगितामा सहभागिताको लागि उहाँले बाँकेमा क्रियाशिल रहेका सम्पुर्ण महिला पत्रकारलाई सार्वजनिक रुपमा आह्वान समेत गर्नुभयो ।

यसैगरी नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’को ९५औं जन्मजयन्तीको अवसरमा शाखाले विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

युनियन बाँकेले संस्थापक अध्यक्ष गुप्तको जन्मजयन्तीको अवसरमा आगामी भदौं २६ गते पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने भएको हो ।

बाँकेको पत्रकारितामा महत्वपुर्ण योगदान दिनुभएका संस्थापक अध्यक्ष गुप्तको जीवनी विशेष बिचार गोष्ठी समेत गर्ने निर्णय गरिएको सचिव लोधले जानकारी गराउनुभयो ।

गोष्ठीमा गुप्तले मोफसलको पत्रकारिता क्षेत्रको विकासमा पु¥याएको योगदान र पत्रकारिताको बारेमा चर्चा गरिनेछ ।

Previous article१० जिल्लाका युवाहरुको सहभागितामा सात दिने कचहरी नाटक शुरु
Next articleनेपाली काँग्रेस बाँकेद्धारा तीज बिशेष कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here