नेपाली काँग्रेस बाँकेद्धारा तीज बिशेष कार्यक्रम

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले महिलाहरुलाई दर खुवाएको छ । जिल्ला समन्वय समिति बाँकेमा आज हरितालिका तीज कार्यक्रम गरेर कांग्रेस बाँकेले महिलाहरुलाई दर खुवाएको हो ।

नेपाली कांग्रेस बाँकेको आयोजना एवम् नेपाल महिला संघ बाँकेको सहआयोजनामा भएको दर खुवाउने कार्यक्रममा ठूलो संख्यामा महिलाहरु उपस्थित भएका थिए । जिल्ला सहसचिव रेणुसिंह ठाकुरको सभापतित्व एवम् जिल्ला सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना ब्यक्त गर्नुभयो ।

सभापति गौडेलले महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तीज धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्व भएको बताए । उनले तीज स्वतन्त्रताको प्रतिकका रुपमा मनाइने पर्व समेत भएको उल्लेख गर्नुभयो ।

महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै रहेको गौडेलको भनाई छ ।कार्यक्रममा महासमिति सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, जिल्ला सचिव एवम् लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी चौधरी, कांग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, जिल्ला सचिव सुधांशु कोइराला, जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, कांग्रेस नेपालगञ्ज नगरका कार्यवहाक सभापति धनराज बर्मा र नेपाल ट्रेड युनियन कांग्रेसकी केन्द्रिय सदस्य सीता काफ्लेले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।

जिल्ला कार्यसमिति सदस्य पुष्पा शुक्लाले सञ्चालन गरेको कार्यक्रममा महिला संघ बाँकेकी अध्यक्ष नारायणी रुपाखेतीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

औपचारिक कार्यक्रम पश्चात महिलाहरु छमछम नाचेका थिए । महिलाहरुसंगै पार्टी सभापति गौडेल, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत पनि संगसंगै नाच्नुभएको थियो ।

Previous articleप्रेस युनियन बाँकेले खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्दै
Next articleनेपाल रेडक्रसको ६१ औं स्थापना दिवस : खजुरामा रक्तसंचार सेवा शुभारम्भ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here