नेपाल रेडक्रसको ६१ औं स्थापना दिवस : खजुरामा रक्तसंचार सेवा शुभारम्भ

नेपालगंज । “मनदेखिसेवा” भन्ने मुलनाराका साथ नेपाल रेडक्रसको ६१ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि दिवस मनाइएको छ ।

दिवसको अवसर परेर शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्तसंचार सेवा एकाईको शुभारम्भ भएको छ । प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले उक्त क्यान्सर अस्पालमा संचालन हुन लागेको रक्त संचार एकाईको एक समारोहकाबीच उद्घाटन गर्नु भएको हो ।

दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले मानवीय कार्यका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको र हाम्रो सरोकार संकटासन्न समुदायसंग रहेको बताउनु भयो ।

रेडक्रस बाँके शाखा अन्तर्गत रहेका १७ वटा उपशाखाहरुले विविध कार्यक्रमको आयोजना गरी ६१औं स्थापना दिवस मनाएका छन् ।सितापुर र गंगापुर उपशाखाले जुनियर तथा युवा रेडक्रस गोष्ठी, बागेश्वरीले रक्तदान, कोहलपुर प्राथमिक उपचार अभिमुखीकरण, कुसुम बृक्षारोपण, पिप्रहवा सरसफाई अभियान, कचनापुर, घरवारीटोल, सोनारी, बैजनाथ, बेतहनी रेडक्रस प्रचार प्रसार, मानिकापुर, जानकी र सदरलाइन दिप प्रज्वलन, बाकेबगिया पुन प्रयोग गरिने स्यानीटर प्याड बनाउने अभिमुखीकरण, बेलासपुर रक्त समुह परीक्षण र पुरैनी उपशाखाले बैच वितरण गरि दिवस मनाएका हुन ।

दिवसका अवसरमा जिल्ला शाखाले होटल सिटी प्यालेस प्रा.लि.नेपालगंजमा दान बाकस स्थापना गरेको छ । गत हप्ता होटल स्टारलाइट प्रा.लि.नेपालगंजमा पनि दान बाकस राखी सकेको शाखाले जनाएको छ ।

Previous articleनेपाली काँग्रेस बाँकेद्धारा तीज बिशेष कार्यक्रम
Next articleप्रेस युनियनले प्रदेशस्तरीय भेला गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here