प्रेस युनियनले प्रदेशस्तरीय भेला गर्दै

नेपालगन्ज । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले प्यूठानको स्वर्गद्वारीमा प्रदेश भेला गर्दैछ ।

भदौ २२ र २३ गते लुम्बिनी प्रदेशको पवित्र धार्मिकस्थल स्वर्गद्वारीमा प्रदेशस्तरीय भेला आयोजना गर्न लागिएको हो ।

भेलामा लुम्बिनीका १२ जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहने महासचिव नवीन गिरीले बताउनुभयाे । भेला तयारीका लागि मूल समिति बनाइएको छ ।

उपाध्यक्ष पहलमान घर्तीको संयोजकत्वमा प्रदेश भेला तयारी मूल समिति गठन गरेर तयारी अगाडि बढाइएको छ । सहसंयोजकमा प्यूठान शाखा अध्यक्ष मधुसुदन भण्डारी हुनुहुन्छ ।

यस्तै सचिव शमशेर विक्रम जिसीको संयोजकत्वमा अतिथि सत्कार, भोजन तथा आवास व्यवस्थापन तयारी समिति, सचिव सूर्य भुषालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति र कोषाध्यक्ष सीपी खनालको संयोजकत्वमा आर्थिक संयोजन समिति गठन गरिएको महासचिव गिरीले बताउनुभयाे ।

भेलामा नेपाल प्रेस युनियनको संगठन सुदृढीकरण अभियान, पत्रकार प्रशिक्षण बर्ष २०८० कार्यान्वयन, नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान लगायतका विषयमा छलफल हुनेछ ।

भदौ १३ गते लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रीय सचिवालय बैठकको निर्णय बमोजिम प्रदेश भेला गर्ने निर्णय गरेको हो ।

Previous articleनेपाल रेडक्रसको ६१ औं स्थापना दिवस : खजुरामा रक्तसंचार सेवा शुभारम्भ
Next articleबाँकेको खजुरामा ‘बृहत तीज महोत्वस’ आयोजना हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here