
बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा न-३ धनौराकाे जंगलमा बाघकाे आक्रमणबाट एक महिलाको घट्नास्थलमा मृत्यु भएकाे छ ।
शुक्रबार साँझ अपरान्ह ४ बजेकाे समयमा उक्त जंगलमा घाँस काट्न गएकाे बेला बाघकाे आक्रमणबाट ५२ वर्षीया काली बंशीको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक हिक्मत बहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको हाे ।





