शम्शरेगञ्जमा बस दुर्घटना : चार जनाकाे मृत्युु

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं-९ शम्शरेगञ्जमा बस दुर्घटना भएकाे छ ।

काेहलुर जाँदै गरेकाे बस शुक्रबार राती भएकाे दुर्घटनामा चार जनाकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिनुभयो ।

घट्नामा केही व्यक्ति गम्भिर घाइते भएका छन् । मृतककाे पहिचान खुल्न सकेकाे छैन । ना ७ ख २३२१ नम्बरको बस ना ७ ख ६४०५ काे ट्रकमा ठाेक्किएकाे हाे ।

भरतपुरबाट आउँदै गरेको बस र विपरित दिशातर्फबाट आउँदै गरेको ट्रकसंग ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय काेहलपुरले जनाएको छ ।


Previous articleबर्दियामा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु
Next articleसंगठन बलियाे बनाउन नेतृत्वकाे आत्म समिक्षा आवश्यक : काँग्रेस लुम्बिनी सभापति पुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here