
नेपालगन्ज । सामुदायिक जस्तै निजि बिद्यालयहरु पनि गुणस्तरीय शिक्षाका लागि अब्बल रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।
राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँके जिल्ला समितिको शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनको उदघाट्न समारोहमा बोल्ने सहभागीहरुले निजी बिद्यालयहरु शैक्षिक गुणस्तरमा स्तर बृद्धि गर्दे अगाडि बढेको बताएका हुन ।
तर राज्यले सरकारी बिद्यालयलाई काखा र नीजि बिद्यालयलाई पाखा गर्न नहुने उनीहरुको धारणा छ ।
नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय नीजि तथा आवाशिय विद्यालय एशोशिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजि विद्यालयप्रतिको व्यवहार नितान्त बिभेदकारी भएको आरोप लगाउनु भएको छ ।
उहाँले गुणत्मक शिक्षाको लागि ठूलो धनराशी बहिरिएको बताउदै फेरि पनि सरकारले त्यस्तै खालको शिक्षा नीति ल्याउन खोजेको आरोप लगाउनुभयो ।
सो अवसरमा केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा एन प्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजिकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका यामबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका रेखा धिताल, शिक्षक महासंघ बाँकेका पवन यादवलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
उद्घाटन सत्रपछि बन्द शत्रले नयाँ कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्नेछ ।कार्यक्रमलाई समापन गर्दै जिल्ला अध्यक्ष कुवरले गुणस्तरीय शिक्षाका लागि आफूहरुले थालेको प्रयासलाई आगामी दिनमा पनि ससक्त बनाउनुपर्ने बताउनुभयो ।





