शम्शेरगञ्ज बस दुर्घटना: मृतकाे संख्या सात पुग्याे

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न-९ शम्शेरगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दुर्घटनामा परि चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३१ जना घाइते भएका छन् ।

बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा न-९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा ट्रकसँग ठोक्किएको थियाे ।

दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रहरीले सुरुमा चितवनबाट नेपालगन्ज आउँदै गरेको जानकारी दिएपनि घाइतेहरुको बयानपछि दुर्घटनाको थप विवरण जानकारी दिएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी (जुगबहादुर चन्द) र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।

Previous articleसंगठन बलियाे बनाउन नेतृत्वकाे आत्म समिक्षा आवश्यक : काँग्रेस लुम्बिनी सभापति पुन
Next articleसरकारले निजी बिद्यालयलाई उचित मुल्याङ्कन नगरेको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here