हुलाक कार्यालय बाँकेका प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार

नेपालगञ्ज । जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे निजामती सेवा पुरस्कार-२०७९ बाट सम्मानित हुनुभएको छ ।

निजामती सेवा दिवस-२०८० को अवसरमा निजामती सेवा दिवस मुल समारोह समितिद्धारा सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले नगद पचास हजार पुरस्कार र ताम्रापत्र प्रदान गर्नु भएको हो ।

हरेक कार्य क्षेत्रमा तोकिएका कामहरू इमान्दारी पूर्वक सेवाग्राही केन्द्रीत भएर उत्कृष्ट कार्य सम्पन्न गरेकोले उहाँलाई पुरस्कृत गरिएको हो ।हुलाक कार्यालयमा कार्यरत पाण्डेले परिवर्तनशील धारबाट हुलाकमा गरेका सुधार तथा विगतमा वाणिज्य कार्यालयमा सेवा प्रवाह तथा उपभोक्ता हितका क्षेत्रमा गर्नुभएकाे परिवर्तनमुखी काम, कोहलपुर नगरपालिका लगायतका स्थानीय तहमा गर्नुभएकाे संस्थागत सुधार गर्नु भएकोमा पुरस्कृत गरिएको हो ।

साथै वातावरण तथा सरसफाई, सड्क बिस्तार तथा सीप र क्षमता विकास अभियानहरूले आफु पुरस्कृत हुने थप आधार भएको उहाँले बताउनु भयो । पुरुस्कारले आफुमा थप हौसला बढेको समेत प्रतिक्रिया दिनुभयो ।

Previous articleमिडियासंग सहकार्य र हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध छु : मुख्यमन्त्री चाैधरी
Next articleवीपीको जन्मजयन्तीमा नेपाली कांग्रेस बाँकेद्धारा विभिन्न कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here