वीपीको जन्मजयन्तीमा नेपाली कांग्रेस बाँकेद्धारा विभिन्न कार्यक्रम

नेपालगञ्ज । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालोको ११० औं जन्मजयन्ति नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नेपाली कांग्रेस बाँकेले आज विहान नेपालगञ्ज वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरेको थियो । पार्टी सभापति गौडेलले महामानव वीपीको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

त्यसक्रममा बोल्दै गौडेलले बीपी कोइरालाको चिन्तनले मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै वीपी विचारबाट दिग्भ्रमित हुन नहुनेमा जोड दिनुभयो ।

नेपालका सबै राजनीतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचार नै अनुकरण गरिरहेको भन्दै गौडेलले वीपी नेपाली राजनीतिका महान विचारक भएको बताउनुभयो ।

कांग्रेस र कांग्रेसजनले वीपीले अघि सारेको गरेको आदर्श भूल्न नहुने गौडेलको भनाई छ । यस्तै कांग्रेस बाँकेले ुवीपीको समाजवाद र आजको सन्दर्भ विषयकु विचार गोष्ठीको पनि आयोजना गर्यो ।सभापति गौडेलको सभापतित्व एवम् पूर्व मन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न विचार गोष्ठीमा नेताहरु हेमन्त कर्माचार्य, अशोक बस्नेत र प्रल्हादबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अतिथि हमालले वीपी कोइराला राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक र चिन्तक भएको बताउनुभयो । उहाँले वीपीको समाजवादलाई व्यवहारमा लागू गर्न सके मुलुकले काँचुली फेर्न समय नलाग्ने बताउनुभयो ।

आदर्शमा समाजवाद भएपनि व्यवहारमा हुन नसकेको भन्दै हमालले पार्टी बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँड्नुपर्नेमा जोड दिनुभयो ।

दिवसकै अवसरमा तरुण दल बाँकेको आयोजना र नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिनुभयो ।

Previous articleहुलाक कार्यालय बाँकेका प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार
Next article१० बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै प्रेस युनियन लुम्बिनीको भेला सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here