लर्ड बुद्ध एजुकेशनल कर्मचारी संघको बिभागिय सभापतिमा त्रिपाठी चयन

नेपालगञ्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघको बिभागिय सभापतिमा बिजय कुमार त्रिपाठी चयन हुनुभएको छ । शनिबार भएको तेस्रो अधिवेशनबाट त्रिपाठीको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको नवनिर्वाचित कार्यसमितिको उपसभापतित्रयमा पुष्पा खत्री, राजेश कुमार गुप्ता र नर्मदा शाही, सचिवमा लक्ष्मी गिरी, सहसचिवमा सत्यवती चौधरी चयन हुनुभएको हो ।

यस्तै सदस्यहरुमा सर्वजित यादव, शारदा सल्मानी, अंशु शाही, श्यामबाबु यादव, पुजा वि।सि। र रेन्कु श्रेष्ठ रहनुभएको छ । यसैगरी संघको सल्लाहकारसमिति समेत चयन गरिएको छ ।

चयन गरिएको सल्लाहकारसमितीको संयोजकमा कुमार अधिकारी र सदस्यहरुमा विकास जंग राना, अस्मिता खड्का र शारदा रोकाय रहनुभएको उपसभापति खत्रीले जानकारी दिनुभयो ।

गिय सभापति चन्द्र नारायण मन्डलको सभपतित्त्वमा भएको अधिवेशनमा संघका केन्द्रीय सभापति यम बहादुर खड्का, डा।सुरेश कुमार कनोडिया, डा।सन्तोष शर्मा, श्याम शर्मा, डा।कुमार पोख्रेल, मेट्रोन ममता शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Previous article१० बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै प्रेस युनियन लुम्बिनीको भेला सम्पन्न
Next articleबाँकेको खजुरामा महाआरती शुरु (फोटोफिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here