
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं-३ स्थित लक्ष्मी नारायण मन्दिर प्रांगणमा पनि सन्ध्या महाआरती कार्यक्रम शुरु भएको छ ।
बाँकेकै सबैभन्दा बढी मठमन्दिर भएको खजुरा क्षेत्रमा सबै मठ मन्दिरलाई तिर्थस्थल बनाउने लक्ष्यसहित खजुरा बजारस्थित लक्ष्मी नारायण मन्दिर प्रांगणमा महाआरती शुरु गरिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समय बाँके बर्दिया जिल्लाका पर्यटकीय स्थल एव मन्दिर प्रांगणमा सन्ध्या महाआरती शुरु भएको छ । सन्ध्या महाआरती शुरुवातसंगै ती स्थानहरुमा पर्यटकको उपस्थिति बढ्न थालेको छ भने मन्दिरमा पुजापाठ गर्ने भक्तजनहरुको संख्यामा पनि बृद्धि भएको छ ।
खजुरा महाआरतीको तस्बिरहरु :









