वडा सदस्य बज्रचार्य, बितरण स्थलमै खाए खाना (फोटोफिचर)

बाँके । नेपालगञ्जका एक जना वडा सदस्यले सर्वसाधारणलाई बितरण गरिएको खाना बाटोमै बसेर खाएका छन । वडा नं १२ का वडा सदस्य तरुण बज्रचार्यले गरिब, बिपन्नलाई बितरण गरिएको खाना बाटोमै खाएर खानाको महत्व बढाउनुभएको हो ।

माइती नेपालले बाँकेमा शुरु गरेको एक छाक खाना अभियानका क्रममा बुधबार बिहान १२ नम्बर वडामा सर्वसाधारणलाई बितरण गर्न तयार गरिएको खाना सबैका अगाडी बसी खाएर सकारात्मक शन्देश दिनुभएको छ । वडा सदस्य ठुलो मान्छे नभएर वडाबासीको शुख दुःखमा साथ दिने व्यक्ति हो, जनतालाई बितण गरिएको खाना गुणस्तरिय रहेको भन्ने कुरा वडा सदस्यको कार्यले शन्देश दिएको माइती नेपालका संयोजक केशव कोइरालाको भनाई छ ।

उहाँले सबैका अगाडी खाना खाएर जनताको स्वास्थ्यसंग खेलवाड नगरी राम्रो खाना बितरण गरिएको भन्ने शन्देश प्रवाह गर्नुभएको छ । बितरण स्थलमै ल्याइएको खाना खाँदै गरेका बर्जचार्यलाई देख्ने बडाबासीले उहाँको वाह वाही समेत गरे । अहिलेको बिषम परिस्थिीमा मानिसलाई बाच्नका लागि खानाको जोहो गर्न धेरैलाई समस्या भएको छ । यसै समस्यालाई कम गर्न एक छाक खाना अभियान शुरु गरेको माइती नेपालले जनाएको छ ।

अभियानको दोस्रो दिन नेपालगञ्जका दुई सय ७७ जनालाई खाना बितरण गरिएको संयोजक कोइरालाले जानकारी दिनुभयो । मंगलबारदेखि शुरु भएको अभियानको पहिलो दिन मंगलबार नेपालगञ्जमा तीन सय ३० जनालाई खाना बितरण गरिएको थियो । बितरण गरिने खाना सामुदायिक भान्छामा तयार गर्ने गरिएको छ ।

Previous articleडुडुवाकाे न्यायिक समितिकाे कामबारे अनुगमन
Next articleकर्मचारीले आन्दोलन गर्ने भएपछि सिंहदरबार प्रवेशमा कडाइ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here