कर्मचारीले आन्दोलन गर्ने भएपछि सिंहदरबार प्रवेशमा कडाइ

तस्बिर : गुगल

काठमाडौं । गृह मन्त्रालयले सरकारी कर्मचारीलाई सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । निजामती विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विरोधमा कर्मचारीले आन्दोलन गर्ने तयारी गरेपछि सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।

विधेयक वृत्तिविकास विरोधी रहेको भन्दै नायब सुब्बा तहका सरकारी कर्मचारी विरोधमा उत्रिएका हुन् । सिंहदरबार प्रवेश गर्ने प्रत्येक व्यक्तिको शरीर जाँच गरिएको छ । स्कुटीमा सवारहरुलाई त्यसको डिकीसमेत खोल्न लगाइएको छ ।

मंगलबार सिंहदरबार परिसरमै नायब सुब्बाहरुले आन्दोलन गरेका गरेका थिए । कर्मचारी संघरसंगठनले पनि विरोधको तयारी गरेका छन् । यसैलाई मध्यनजर गरेर सिंहदरबार प्रवेशमा नै कडाइ गरिएको हो ।

Previous articleवडा सदस्य बज्रचार्य, बितरण स्थलमै खाए खाना (फोटोफिचर)
Next articleब्राजिलमा चार अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here