अनिशा चन्दले जितिन मिस एण्ड मिसेज तीजको ताज

नेपालगञ्ज । हिन्दु नारीहरुको माहान पर्व तीजको अवसरमा नेपालगन्जमा पहिलो पटक मिस एन्ड मिसेज तीज प्रतियोगिता गरिएको छ ।

गुड न्यु आइटिसि पार्लरको आयोजना एवम प्लानेट बुटिकको सहआयोजनामा सोमबार नेपालगञ्जमा मिस एण्ड मिसेज तीज प्रतियोगिता गरिएको हो ।

१९ जनालाई उछिन्दै अनिशा चन्दले बिजेताको ताज पहिरिन सफल हुनुभयो । यस्तै फस्ट रनरप रक्षा सुनार र सेकेन्ड रनरपको उपाधी बन्दना खडकाले जित्न सफल हुनुभएको छ ।

पहिलो राउन्ड कल्चरल पहिरनमा सजिएर आफनो परिचय दिएका प्रतियोगीले दोस्रो राउन्डमा रातो सारी र तीज कै श्रंगारमा सजिएर र्याम्पमा उत्रिएका थिए । अन्तिम राउण्डमा तीजको गीतमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा १९ जना सहभागी भएका थिए ।कार्यक्रममा पत्रकाररितामार्फत लामो समयदेखि सौन्दर्य एवं ग्यल्यामर्सको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार करुणा शाह, शुक्रऋषि चौलागाई, सावित्री गिरी सम्मानित हुनुभएको छ ।

नारी बिकासको हकहितमा सेवा पुर्याएवाफत रचना श्रेष्ठ, समाजसेवी रेखा गुप्ता, जिल्लामै पहिलो पटक बुटिक संचालनमा ल्याएकी स्मिता राणालाई समेत सम्मानित गरिएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख अथित्यतामा भएको कार्यकमको संचालन पत्रकार समीरमान श्रेष्ठ र साहिल अंसारीले गर्नुभएको थियो ।

मिस तीज ब्युटी पेजेन्टको वरिष्ठ सौर्न्दर्यबिद सीता पाठक, इन्टरनेशनल मेकप आर्टिस्ट शैलजा शाह, चर्चित लोक गायक जय देवकोटा, नृत्यागंना श्रंखला बस्नेत र पत्रकार केपि घिमिरेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Previous articleएनएमबि बैंक र व्यवसायीक प्रतिष्ठानबीच सम्झौता : ग्राहकले पाउने छन् छुट
Next articleबाँकेका पत्रकारहरुको निःशुल्क मिर्गौला परीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here