एनएमबि बैंक र व्यवसायीक प्रतिष्ठानबीच सम्झौता : ग्राहकले पाउने छन् छुट

नेपालगञ्ज । एनएमबि बैंकले आफ्ना ग्राहकहरुको सुबिधाका लागि नेपालगञ्जका बिभिन्न व्यवसायीक प्रतिष्ठानहरुसंग सम्झौता गरेको छ ।

बैंकको आफ्ना ग्राहकहरुको सुबिधाका लागि नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पताल, चौधरी सरकार बकस पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रालि र बाह्रा सिंघे रेष्टुरेन्टसंग सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा बैंकका ग्राहकहरुले यी प्रतिष्ठानहरुमा सेवा लिँदा छुट पाउने छन् । बैंकको ग्राहक भएको प्रमाणका आधारमा सो छुट पाउने बैंकका बिजेनस डेभलपमेन्ट म्यानेजर बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।‘हामीले सम्झौता गरेको प्रतिष्ठानमा सेवा लिन जाने ग्राहकहरुले बैंकको एप्लिकेशनमार्फत सेवा बापतको रकम तिरेर छुट प्राप्त गर्न सक्ने छन्,’ म्यानेजर चौधरीले भन्नुभयो, ‘अर्को भनेको सेवा लिन गएको व्यक्ति बैंकको ग्राहक भएको कार्ड भएको खण्डमा छुट सुबिधा प्राप्त हुनेछ ।’

बैंकका कर्मचारी तथा ग्राहकहरुले कान्ति अस्पतालमा सेवा लिँदा प्रयोगशाला परीक्षणतर्फ २० प्रतिशत तथा एक्सरे लगायतका चेकजाँचमा १० प्रतिशत छुट पाउने छन् ।

यस्तै चौधरी सरकार बकस पोलिक्लिनिकमा सेवा लिँदा प्रयोगशालामा २० प्रतिशत छुट पाउने छन् भने बाह्रा सिंघे रेष्टुरेन्टमा बैंकका कर्मचारीलाई २० प्रतिशत र ग्राहकलाई १० प्रतिशत छुट मिल्नेछ ।

बैंकका नेपालगञ्ज शाखा प्रमुख बिराज गौतम, बिजेनस म्यानेजर चौधरीसहितको टोलीले उक्त प्रतिष्ठानहरुसंग सम्झौता गरेको हो ।

Previous articleठुलो परिमाणको खैरो हिरोइनसहित नेपालगञ्जमा एक जना पक्राउ
Next articleअनिशा चन्दले जितिन मिस एण्ड मिसेज तीजको ताज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here