‘खबरदारी’ बिमोचन

बाँके । भ्रष्टाचार बिरुद्धको अभियान्ता नमस्कार शाहद्धारा लिखित ‘खबरदारी’को बिमोचन गरिएको छ । भ्रष्टाचारबिरुद्ध १९ वर्षदेखि सक्रिय शाहको दोस्रो पुस्तक शनिबार एक समारोहबीच बिमोचन गरिएको हो ।

पुस्तकलाई नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा, भ्रष्टाचार बिरुद्धका अभियान्ता केदार खड्का, बरिष्ठ पत्रकार पूर्णलाल चुके, साहित्यकार एंव लेखक किरण आचार्य, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगायतले सामुहिक रुपमा बिमोचन गर्नुभएको हो ।

बिमोचन पश्चात बोल्दै नेपालगञ्जका मेयर डा.राणाले सार्वजनिक पुस्तकका लागि शुभकामना दिँदै भ्रष्टचारका मुद्धाहरु समेटिएको संग्राह पाठकलाई सचेतना प्रदान गर्ने बताउनुभयो । फरक प्रसङमामा उहाँले देश बनाउनका लागि राम्रा मान्छे राजनीतिमा आउनुपर्ने बताउनुभयो । ‘नेतालाई गाली मात्र गर्ने काम भयो,’ मेयर डा.राणाले भन्नुभयो, ‘तर राम्रा मान्छे राजनीतिमा आउन पनि आउँदैनन, आइहाले भने पनि समाजले आउन दिँदैन ।’

भ्रष्टाचार बिरोधी अभियान्ता खड्काले भ्रष्टाचारका कुरालाई पुस्तकमा ल्याउन सफल भएको कार्यप्रति लेखक शाहलाई उहाँले शुभकामना दिनुभयो । उहाँले नेपालमा भ्रष्टाचारको भूकम्प आउन आवश्यक भएको बताउनुभयो । नेपालमा पछिल्लो समय भ्रष्टाचार तिब्र गतिमा बढिरहेकाले यसबिरुद्धको भूकम्प आउन आवश्यक रहेकोमा खडकाले जोड दिनुभयो ।

शाहको दोस्रो कृतिका रुपमा रहेको ‘खबरदारी’ले अभियान्ता तथा नेतृत्वकर्तालाई भ्रष्टाचारबिरुद्धको लडाईमा अग्रसर हुन प्रेरित गर्ने वक्ताहरुको धारणा थियो । शाहको यसअघि ‘सुशासन’ नामक पुस्तक प्रकाशन भएको थियो ।

Previous articleशुभकामना आदान प्रदान कार्यक्रमसंगै देउसी भैलो खेल्न नपाइने
Next articleनेपालगञ्जको बिभिन्न स्थानमा दुर्गा माताको मुर्ति स्थापना (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here