नेपालगञ्जको बिभिन्न स्थानमा दुर्गा माताको मुर्ति स्थापना (फोटो फिचर)

बाँके । शनिबार घट्स्थापनासंगै जिल्लाका बिभिन्न स्थानहरुको चोक तथा गाउँमा दुर्गा माताको मुर्ति स्थापना गरिएको छ । हिन्दुहरुको महान पर्व दर्शैंका बेला प्राय तराई क्षेत्रमा घट्स्थापनाका दिन माता दुर्गाको मुर्ति स्थापना गर्ने गरिन्छ ।

यसपटक कोरोना महामारीका कारण अघिल्लो वर्षको जस्तो हर्ष उल्लास नभएपनि जिल्लाका बिभिन्न ठाउँमा मुर्ति स्थापना गरिएको छ । घट्स्थापनाका दिन नै कन्याहरुले कलश लिएर बागेश्वरी मन्दिरमा लगी पुजापाठ गरी बागेश्वरीको जल ल्याई राखिएको मुर्तिमा प्राण प्रतिस्ठा गर्ने गरिन्छ ।

एक उमहानगरपालिका, एक नगरपालिका र छ वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको जिल्लाका गाउँपालिकाका बिभिन्न गाउँको चोक तथा टोलहरुमा प्रत्येक वर्ष दुर्गा माताको मुर्ति स्थापना गर्ने गरिन्थ्यो । तर यसपटक भने अन्य वर्षको भन्दा कम मुर्ति राखिएको देखिएको छ ।

कोरोना महामारीका कारण धेरै भिडभाड हुन नपाउने भएकाले पनि सोको सावधानी अपनाइएका कारण पनि यस पटक मुर्ति अघिल्लो वर्षको भन्दा कमै स्थानमा मुर्ति राखिएको जानकारहरु बताउँछन् । मुर्ति स्थापना गरिएको ठाउँमा नवरात्रीको नौ दिनसम्म प्रत्येक दिन साँझ, बिहान पुजा, अराधना, भर्जन किर्तन गर्ने गरिन्छ ।

हेर्नुस नेपालगञ्जका बिभिन्न स्थानहरुमा राखिएका मर्तिहरु :

Previous article‘खबरदारी’ बिमोचन
Next articleमाताको जयकाराले गुञ्जियो नेपालगन्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here