उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित

नेपालगन्ज । उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा अधिवक्ता सुदिप भट्टराई निर्वाचित हुनुभएको छ । उहाँ यसअघि गठन गरिएको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

आज शुक्रबार नेपालगन्जमा भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा कार्यसमितिको उपाध्यक्षमा विरेन्द्र यादव, सचिवमा विपिन श्रेष्ठ, सह-सचिवमा तुलसी वर्नवाल, कोषाध्यक्षमा जहिरुल हक (जिनु), महिला सदस्यमा मञ्जु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसैगरी मञ्चको कार्यसमिति सदस्यमा अधिवक्ता विश्वजीत तिवारी, रामप्रसाद शर्मा, अमृतलाल वैश्य निर्वाचित हुनुभयो । नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले कार्यसमितिमा आनन्द गुप्ता र पुजा श्रेष्ठलाई सदस्य मनोनित गरेको छ ।बैठकले सल्लाहकारमा रतिलाल पराजुली, हरि बहादुर विष्ट, रोशन श्रेष्ठ र राजेश कुमार श्रेष्ठलाई मनोनित गरेको छ । उपभोक्ता मञ्च नेपालका केन्द्रिय कार्यसमिति सदस्य बिनम कुमार श्रेष्ठको विशेष उपस्थितीमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेश्नको उदघाटन समारोहमा नेपाली उपभोक्ता महासंघ बाँकेका अध्यक्ष डा.विनोद कर्ण, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका कार्यालय प्रमुख विष्णु प्रसाद धिताल, नेपाल परिवार नियोजन संघ बाँकेका अध्यक्ष बदरुदुजाँ खा, नेपाल परिवार नियोजन संघका पुर्व केन्द्रीय सदस्य रोशन श्रेष्ठ, प्रमुख निर्वाचन अधिकृत हरि बहादुर विष्ट लगायतको उपस्थिती रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष भटराई अधिकार, कानून, सामाजिक विकास, सूचना अभियन्ता लगायतका क्षेत्रमा उल्लेख्य अनुभव प्राप्त व्यक्तीको रुपमा आफनो पहिचान बनाउनुभएको छ । 

Previous articleरूपैडिहा जाने नेपाली उपभोक्ताकाे लर्काे
Next articleइन्धनकाे मुल्यमा बृद्वि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here