पत्रकारिताकाे चर्चासंगै महासंघमा तिज विशेष कार्यक्रम

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले शनिबार तिज पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले पछिल्लो समय पत्रकारितामा बिकृति हाबी हुन थालेको बताउनुभयाे ।

बढ्दो पत्रकारिताको बिकासक्रमसंगै बिभिन्न किसिमका अमर्यादित पत्रकारिताले बढ्वा पाउन थालेको उल्लेख गर्नुभयाे । चौलागाईले पत्रकारितामा देखिँदै गएको गलत प्रबृतिकाे निराकरणका लागि पत्रकारिताको आचारसंहितालाई ख्याल गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठले मर्यादित पत्रकारिता गर्न जोड दिनुभयो । साँसद श्रेष्ठले पछिल्लो समय पत्रकारितामा बिकृति भित्रिएको भन्दै मर्यादित पत्रकारितामा जाेड दिनुभयाे ।

साँसद श्रेष्ठले राजनीतिक नेताले गर्ने हरेक राम्रो काम तथा गलत कामको समेत पत्रकारले समाचार लेख्नुपर्ने बताउनुभयाे । ´म जस्ता साँसदले गर्ने हरेक कार्यमा पत्रकारको छड्के आँखा गडिएको हुनुपर्छ,` साँसद श्रेष्ठले भन्नुभयो, ´मेरो गलत कार्यलाई पर्दाफास हुनुपर्छ ।

बिगतमा पत्रकारिता समेत गर्नुभएकी श्रेष्ठले आफ्नो पत्रकारिता समयलाई स्मरण गर्दै यस्तो निडर र स्वच्छ हुनुपर्छ कि जो कोही पनि पत्रकार देख्नेबित्तिकै झसंग हुनुपर्ने वातावरण हुनुपर्ने बताउनुभयाे ।

संचारिका समूहकी लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराजले महिला पत्रकारहरुले बिशेष गरि सक्रियता देखाउनुपर्ने बताउनुभयाे । उहाँले पत्रकारितामा महिला पत्रकारहरुको संख्या कम हुँदै गएको भन्दै महासंघले बिशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयाे ।

पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तथा महिला बिभाग संयाेजक करुणा शाहको सभापतित्वमा भएको कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष संगिन शर्माले स्वागत गर्नुभएकाे कार्यक्रमलाई कार्यसमिती सदस्य सावित्री गिरीले संचालन गर्नुभएकाे थियाे ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, सरला सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, बाँके शाखा अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं महासंघ बाँकेका सल्लाहकार डक्ट प्रसाद धिताल, प्रेस चौतारी नेपाल बाँके शाखा अध्यक्ष दुर्गा रोकाय, समाजवादी प्रेस संगठनका बाँके अध्यक्ष लोकनाथ शर्मा, आदीवासी जनजाति पत्रकार संघ बाँँकेका अध्यक्ष भगतराम थारु, संचारिका समूह बाँके अध्यक्ष रुपनी जिएम लगायतको उपस्थिति रहेको थियो ।

Previous articleइन्धनकाे मुल्यमा बृद्वि
Next article१८औं बृहत खजुरा तीज महोत्सवको तयारी अन्तिम चरणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here